
नारायण भण्डारी हङकङ २९ अक्टोवर २०२२
हङकङमा रहेका बिभिन्न संघ संस्थाहरुले नेपालीहरुको माहान चाड विजया दशमी र दीपावली अर्थात तिहारको देउसी भैलो कार्यक्रम गर्ने कार्यक्रमहरु अझै पनि निरन्तर भैरहेका छन। प्राय बिदेशमा बस्नेहरुको रोजाईमा तार्यक्रम गर्न शनिवार राती या आईतवार रोज्ने गरेको देखिन्छ नेपाली संघ संस्था हरुले त्यसैले पनि कार्यक्रम चाडवाड सकिएको केहि समय पछाडि सम्मपनी बिदेशमा चाडवाडको रौनक रहिरहेको हुन्छ।
हङकङमा रहेका गुल्मेली हरुको साझा संगठन “गुल्मी समाज हङकङ” ले पनि तिहारको देउसी भैलो कार्यक्रम यहि आउदो नोभेम्वर ६ तारीखका दिन “ईण्डिया क्लवमा” साझको ५ बजेबाट भव्यताको साथ मनाउन गैरहेको छ। उक्तदिन पनि आईतवार परेको छ त्यसैले तपाईहरुपनि सो कार्यक्रममा उपस्थित भएर तपाईको गाउमा जस्तै रमाईलो गरी मनाउनको लागि उपस्थित हुनुहोला ।

“किन आउने गुल्मी समाजको कार्यक्रममा “
१. गुल्मी समाजको नौमतीवाजामा धिक मर्नेगरी नाच्न
२. सालैजो ठाडो भाका गाउदै नाच्नको लागि
३. दोहोरी गित गाउन तथा कम्मर मर्काई मर्काई नाच्नको लागि
४. स्वादिष्ट परिकारहरुको साथमा कार्यक्रममा रमाउनको लागि
गुल्मी समाजले गर्ने हरेक कार्यक्रमहरुमा मौलिक पनालाई जोगाउनको लागि कोसिस जारी रहेको हुन्छ त्यसैले तपाईलाई बिदेशमा भएपनि नेपालको गाउघरमै भएको आभाष दिलाउने कोशिश आयोजकको रहने छ। तपाईहरु सबै गुल्मेली र गैर गुल्मेलीहरुलाई हाम्रो कार्यक्रममा हार्दिक स्वागत गर्दछौ ।