न्यूज डेस्क ०६ जुन २०२६
टिकटकमा ‘नेपाली ब्रो’का रूपमा परिचित कुमार थापा श्रीमतीको ह’त्या गरेको आरोपमा प’क्राउ परेका छन् ।
बालाजुमा आफ्नै कोठाभित्र श्रीमतीको ह’त्या गरेको आरोपमा प्रहरीले उनलाई शुक्रबार बेलुका प’क्राउ गरेको हो ।
प्रहरीका अनुसार धारिलो हतियार प्रहार गरी कोठामै श्रीमतीको ह’त्या भएको अवस्थामा फेला परेपछि थापालाई नियन्त्रणमा लिइएको हो ।
उनलाई प’क्राउ गरी प्रहरी वृत्त बालाजुमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
वास्तविक नाम कुमार रहेका उनी प्रो रेस्लर खेलाडी हुन् । पछिल्लो समय भने उनी सामाजिक सञ्जाल, विशेषगरी टिकटकमा ‘नेपाली ब्रो’ नामले परिचित थिए ।
अत्यधिक परस्त्री मोह भएका नेपाली ब्रो’ले घर अगाडि श्रीमतीलाई बाटो ढुकेर बसेका थिए, स्कुटीमा घर आउदै गरेकी ईश्वरिलाई पछाडीबाट टाउकोमा रड प्र’हार गरे, लखटी लखटी मा’रेर छाडे ।
टिकटकमा ‘नेपाली ब्रो’ नामले परिचित ४२ वर्षीय कुमार थापा मगरले आफ्नी ४२ वर्षीया पत्नी ईश्वरी भुजेलको निर्मम ह’त्या गरेका छन्। तारकेश्वर नगरपालिकास्थित लोलाङ, पैँयुटारमा शुक्रबार राति करिब १०:१० बजे कुमारले ईश्वरीमाथि फलामको र’ड प्र’हार गरेका थिए। टाउकोमा ग’म्भीर चो’ट लागेकी ईश्वरीको उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा निधन भएको हो।
योजनाबद्ध आ’क्रमण र ह’त्या: जिल्ला प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईका अनुसार ईश्वरी सैनिक सेवामा कार्यरत थिइन् भने उनीहरूबीच केही समयदेखि सम्बन्ध विच्छेदको तयारी चलिरहेको थियो। शुक्रबार बेलुकी ईश्वरी कामबाट फर्किने समयको पूर्वअनुमान गरी कुमार पैँयुटारस्थित घर अगाडि बाटो ढुकेर बसेका थिए। ईश्वरी स्कुटीमा सवार भई घरनजिकै पुग्नासाथ कुमारले उनीमाथि र’डले घा’तक प्रहा’र गरेका थिए।
अस्पताल पुर्याउँदा पुर्याउँदै मृ’त्यु: घट’नालगत्तै स्थानीय प्रत्यक्षदर्शीहरूले रक्ताम्मे अवस्थाकी ईश्वरीलाई तत्कालै उद्धार गरी स्थानीय तारकेश्वर अस्पताल पुर्याएका थिए। तर, अत्यधिक रक्तस्रावका कारण उनको अवस्था जटिल बनेपछि थप उपचारका लागि उनलाई त्रिवि शिक्षण अस्पताल (टीचिंग) रिफर गरिएको थियो। शिक्षण अस्पतालको आकस्मिक कक्ष (इमर्जेन्सी वार्ड) मा उपचारकै क्रममा चिकित्सकहरूले उनलाई मृ’त घोषित गरे।
अभियुक्त ‘नेपाली ब्रो’ प्रहरी नियन्त्रणमा: आफूलाई सामाजिक सञ्जालमा रेस्लर र फाइटरका रूपमा समेत चिनाउने अभियुक्त कुमार थापा मगरलाई प्रहरीले घटना घटेको केही बेरमै शुक्रबार राति बालाजु क्षेत्रबाट नियन्त्रणमा लिएको हो। एसपी भट्टराईका अनुसार पक्राउ परेका कुमारलाई हाल जिल्ला प्रहरी परिसर, भद्रकालीको हिरासतमा राखेर घटनाको सम्बन्धमा थप कानुनी अनुसन्धान अगाडि बढाइएको छ। स्थानीयका अनुसार नेपाली ब्रो परस्त्री मोहका थिए । घटनाको दिन उनले लखटदै ह’त्या गरेका हुन।