हङकङको गोर्खा मन्दिरमा हवन सहित विश्व शान्ति पूजा सम्पन्न समाजसेवी विमल ज्ञवाली सम्मानित


IMG 2269

नारायण भण्डारी २६ अक्टोवर २०२६ हङकङ

*फान्लिङ, हङकङ -* हङकङस्थित ऐतिहासिक गोर्खा मन्दिरमा विशेष विश्व शान्ति पूजा र हवन पुजा सम्पन्न भएको छ।

क्विन्स हिल, फान्लिङमा रहेको उक्त मन्दिरमा हिजो *२५ अक्टोबर २०२६, आईतबारका दिन विजया दशमीको अन्तिमदिन कोजाग्रत पूर्णिमाको दिन पारेर हवन सहित विश्व शान्ति पुजा सम्पन्न भएको छ ।

उक्त पूजामा सहभागी हुन चाहने भक्तजनहरूका लागि *याउ मा तेइ एम.टी.आर. स्टेशनको एक्जिट बी बाट बिहान ११ बजेर ३० मिनेटमा बसको व्यवस्था* गरिएको थियो।

यो गोर्खा मन्दिर सन् १९६० को दशकमा यहाँ कार्यरत गोर्खाली सैनिकहरूको लागि बनाइएको ऐतिहासिक मन्दिर हो। गोर्खा सैनिकहरू हङकङबाट फिर्ता भएपछि लामो समयसम्म अलपत्र परेको यस मन्दिरलाई पछिल्लो *१० वर्षदेखि नेपाली समुदायमा चिरपरिचित समाजसेवी व्याक्तित्व श्री विमल ज्ञवालीले आफ्नै निजी खर्च र श्रमदानबाट पुनर्निर्माण र संरक्षण* गर्दै आएका छन।

कुनै पनि सरकारी सहयोग बिना, हङकङमा रहनुभएका समाजसेवी विमल ज्ञवालीले सहयोगबाट मन्दिरलाई आजको अवस्थासम्म ल्याइएको हो। यस महान कार्यमा योगदान पुर्‍याउनु भएकोमा गुरुपुरोहित श्री नारायण भण्डारीले रातो टिका  खदा लगाएर आशिर्वाद सहित सम्मान गर्नुभएको थियो भने उपस्थित समाजसेवी कोमल गुरुङ (स्याङ्जाली कान्छा) लगायतका व्याक्तित्वहरुले पनि खदा, टिका र पुष्पगुच्छा सहित आशिर्वाद दिएर उहाको कामको कदर र हौसला बढाईदिनुभएको हो।

उक्त हवन सहितको विश्व शान्ति पूजा कार्यक्रममा हङकङमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनीहरूलाई उपस्थित भई कार्यक्रमलाई सफल बनाइदिनुहुन आयोजकले हार्दिक अनुरोध गरिएको भएता पनि कार्यक्रम छोटो अवधिमा आयोजना गरेको हुनाले करिव ५५-६० जना बैदिक सनातन धर्मालम्विहरुको उपस्थिती रहेको थियो। उक्त कार्यक्रममा हङकङमा रहेका केहि चाईनिज स्थानिय मिडियाहरुले समेत समाचारको लागि आफ्ने सहभागिता जनाएका थिए।

IMG 2224 IMG 2230 IMG 2228 IMG 2229 IMG 2247 IMG 2248 IMG 2251 IMG 2254 IMG 2257

 


Translate »