
नारायण भण्डारी हङकङ १२ असोज २०८३
हङकङमा दशकौ देखी विभिन्न पेसा, व्यवसाय, शिक्षा र रोजगारमा सामेल भएर वसोवास गरीरहेका गुल्मेलीहरुले सबै गुल्मेलीहरुलाई एउटै कार्यक्रम र एउटै छातासंगठनमा सामेल गराउने उधेश्यले स्थापना गरेको “गुल्मी समाज हङकङ” ले हरेक पटक नेपालमा परेको अप्ठ्यारो समयमा जस्तै यशपालीको भोटेकोशीमा आएको माहाविनासकारी बाढिले संसारलाई दुखी बनाएको बेलामा हङकङबाट रु ६ लाख ४९ हजार २ सय बयानन्वे रुपैयी प्रधान मन्त्री दैविप्रकोप राहात उद्धारकोशमा जम्मा गरेको छ।
हङकङमा रहेका अधिकांस गुल्मेलीहरुले स्वईच्छिक रुपमा व्याक्तिगत तवरले रु १० हजारबाट लिएर करीवन १२ लाख सम्म पनि सहयोग गरेका छन। गुल्मी समाज हङकङले आफ्ना पूर्णकालीन सदस्य एवं सदस्यहरु संगको सहकार्यमा पनि स्वईच्छाले रकम संकलन अभीयान करीव १२ दिनको समयमा पनि एकमुष्ट रु ६,४९,२९२ संकलन गरेर प्रधानमन्त्री राहतकोशमा जम्मा गरेका छन । उक्त घटनामा परि ज्यान गुमाउनेहरुप्रती समाजले २६ सेप्टेम्वर २०२६ का दिन दीप प्रज्वलन, र श्रद्वान्जली कार्यक्रमको आयोजना गरेको थियो भने घाईतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको थियो।