हङकङको चुन वानमा ५१ वर्षिय नेपाली महिलालाई गाडिद्वारा ठक्कर


नारायण भण्डारी हङकङ ३० जुलाई २०२२

हङकङको चुन वानको चुङ अन स्ट्रिटमा एक ५१ वर्षिय नेपाली महिला  लाई ट्रकले ठक्कर दिएको छ। उनीहरुले तत्काल प्राथमिक उपचार गरेर एम्बुलेन्सबाट अस्पताल पुर्याए । प्रहरीले घटनास्थललाई घेराबन्दी गरेको छ भने भ्यानका चालकलाई भने कुनै चोटपटक लागेको छैन ।

खतरनाक सवारीसाधन चलाएर अरुलाई गम्भिर हानी पुर्‍याएको आशंकामा उनलाई पक्राउ गरी अनुसन्धानका लागि प्रहरी चौकीमा राखिएको छ । त्यसपछि प्रहरीले टो ट्रक बोलाएर संलग्न भ्यानलाई निरीक्षणका लागि तानेको थियो।

दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान गर्न बाँकी छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको कुरा प्रहरीले जानकारी गराएकोछ ।


Translate »