
नारायण भण्डारी हङकङ २२ जुन २०२२
अफगानिस्तानको पूर्वी पक्तिका प्रान्तमा ६.१ म्याग्निच्युडको भूकम्प, कम्तिमा २५५ जनाको मृत्यु र ५०० घाइते भएका छन। काबुलको पूर्वी अफगानिस्तान क्षेत्रमा बुधबार बिहान गएको भूकम्पमा परी कम्तीमा २५५ जनाको मृत्यु हुनुका साथै ५०० भन्दा बढी घाइते भएका छन सरकारी समाचार एजेन्सीले जनाएको छ।
NDTV का अनुसार बुधबार बिहान अफगानिस्तान र पाकिस्तानका केही भागमा ६.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण (USGS) ले जनाएको छ।
USGS ले भूकम्प दक्षिणपूर्वी अफगानिस्तानको खोस्ट सहरबाट करिब ४४ किलोमिटर (२७ माइल) टाढा रहेको र ५१ किलोमिटर गहिराइमा रहेको बताएको छ ।