नारायण भण्डारी हङकङ ३० जुलाई २०२२
हङकङको चुन वानको चुङ अन स्ट्रिटमा एक ५१ वर्षिय नेपाली महिला लाई ट्रकले ठक्कर दिएको छ। उनीहरुले तत्काल प्राथमिक उपचार गरेर एम्बुलेन्सबाट अस्पताल पुर्याए । प्रहरीले घटनास्थललाई घेराबन्दी गरेको छ भने भ्यानका चालकलाई भने कुनै चोटपटक लागेको छैन ।
खतरनाक सवारीसाधन चलाएर अरुलाई गम्भिर हानी पुर्याएको आशंकामा उनलाई पक्राउ गरी अनुसन्धानका लागि प्रहरी चौकीमा राखिएको छ । त्यसपछि प्रहरीले टो ट्रक बोलाएर संलग्न भ्यानलाई निरीक्षणका लागि तानेको थियो।
दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान गर्न बाँकी छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको कुरा प्रहरीले जानकारी गराएकोछ ।