
यी हुन् असली हिरो महिला प्रहरी जवान शाहाना, आफ्नो ज्यानको कुनै प्रवाह नगरी हति’यारसहित भाग्दै गरेको ख’तरनाक अप’राधीलाई एक्लै समातेकि थिईन् ।
काठमाडौं । ललितपुरको शान्त वातावरणलाई एकाएक त्रा’समा बदल्ने घटनाबीच दाजुभाइको नृशंस ह’त्यापछि हति’यारसहित भाग्दै गरेको खतरनाक अप’राधी। यस्तो संवेदनशील र जोखि’मपूर्ण अवस्थामा धेरैजसो मानिस टाढा रहन खोज्छन्। तर कर्तव्य र साहसले भरिएकी एक महिला प्रहरी जवानले भने फरक उदाहरण प्रस्तुत गरिन्।
महिला प्रहरी जवान शाहाना बोहराले आफ्नो ज्यानको कुनै प्रवाह नगरी एक्लै अ’पराधीलाई लखे’टिन्। हतियारधारी अपराधीको सामना गर्नु कुनै सामान्य कुरा होइन, त्यो पनि एक्लै तर उनको दृढता, आत्मविश्वास र जिम्मेवारीप्रतिको अटल प्रतिबद्धताले अन्ततः अपराधीलाई नियन्त्रणमा ल्याउन सफल भइन्।
उनको यही असाधारण साहस र कर्तव्यनिष्ठ योगदानको कदरस्वरूप उनलाई उपत्यका प्रहरी कार्यालय, रानीपोखरीद्वारा पुरस्कृत समेत गरिएको छ। यो सम्मानले उनको बहादुरी मात्र होइन, समर्पण र सेवाभावलाई पनि उच्च मूल्यांकन गरेको छ।
यो केवल एक गिरफ्तारी होइन, यो साहस, समर्पण र सेवाभावको ज्वलन्त उदाहरण हो। प्रहरी वर्दीको वास्तविक अर्थ के हो भन्ने कुरा उनले आफ्नो कर्मबाट देखाएकी छन् । जनताको सुरक्षाका लागि जुनसुकै जोखिम मोल्न तयार रहनु। उनको यो वीरताले आज सिंगो नेपाल प्रहरीको शिर उच्च बनाएको छ भने नागरिकको मनमा सुरक्षाप्रतिको विश्वास अझ प्रगाढ बनाएको छ। महिला भएर होइन, एक सक्षम र साहसी सुरक्षाकर्मीका रूपमा उनले देखाएको बहादुरीले सम्पूर्ण समाजलाई प्रेरित गरेको छ।
शाहाना बोहराको साहसलाई सलाम! यस्ता कर्मठ महिला प्रहरी जवानहरूले नै समाजमा आशा, सुरक्षा र भरोसा जोगाइरहेका छन्।