नारायण भण्डारी हङकङ १४ नोभेम्वर २०२५
हङकङ सरकारले नेपाली राहदानी बाहक यात्रुलाई हङकङ ट्रान्जिट हुँदै नेपालबाट अन्य मुलुक जाँदा तथा फर्कदा अत्यावश्यक ट्रान्जिट भिसाको प्रावधान हटाएको छ सो नियम भोली अर्थात १५ नोभेम्वर २०२५ बाट लागु गर्दै छ ।
हङकङ नेपाली माहावाणिज्यय दुतावासले विज्ञप्ती जारी गर्दै यो नियम १५ नोभेम्बरबाट लागू हुने गरी जारी भएको नेपाली महावाणिज्य दूतावास हङकङले आफ्नो फेसवुकमा पोष्टगर्दै जनाकारी गराएको छ । निरन्तर कूटनीतिक पहल एवम् अनुरोधका कारण चीनको विशेष प्रशासकीय क्षेत्र हङकङ सरकारले यस्तो निर्णय गरेको दूतावासले जनाएको छ । नेपाली राहदानीबाहक यात्रुलाई सन् २००५ जुनदेखि हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा ट्रान्जिट हुँदै यात्रा गर्न भिसा लिनु पर्ने नियम लागू गरिएको थियो । हङकङ विमानस्थल संसारकै व्यस्तमध्ये एक विमानस्थल हो । ट्रान्जिट भिसा अनिवार्य गरिएका कारण नेपाली नागरिकले सास्ती भोग्दै आएका थिए । यस्तो बाध्यता हटेसँगै यो विमानस्थल हुँदै यात्रा गर्ने नेपाली राहदानी बाहक यात्रुको यात्रा सहज हुने अपेक्षा गरिएको छ । हङकङ सरकारको यो कदमले दुई मुलुकबीचको द्धिपक्षीय सम्बन्ध अझ मजबुत हुने विश्वास लिइएको छ। ट्रान्जिट भिसा हटाएर नेपाली राहधानीबाहकलाई सहज गराएको हङकङ नेपाली माहावाणिज्य दुतावासलाई हार्दिक धन्यवाद यसरी नै घरेलुकामदारमा लागेको प्रतिवन्धलाई पनि फुकुवा गर्नसकेमा अझ सहज हुने कुरामा दुईमत छैन ।
