
नारायण भण्डारी हङकङ २५ कार्तिक २०८२
बलिउडका ८९ वर्षीय अव्वल अभिनेता धर्मेन्द्रको निधन भएको छ। स्वास्थ्य समस्या देखिएपछि सोमबार उनलाई ब्रीच क्याण्डी अस्पतालमा भर्ना गरिएको थियो।
त्यसै अस्पतालमानै उनको मंगलबार उपचारका क्रममा निधन भएको भारतीय सञ्चारमाध्यमहरुले समाचारमा उल्लेख गरेको छ ।
धर्मेन्द्रले आफ्नो फिल्मी करियरमा १०० भन्दा बढी चलचित्रमा काम गरेका छन। उनको वास्तविक पुरा नाम भने धर्मेन्द्र कुमार देओल हो।
गुगल विकिपिडियाका अनुसार धर्मेन्द्रको जन्म ईस्विसन २ एप्रिल १९३५ मा पंजाब, भारतमा भएको थियो। उनले १९६० को दशकमा बलिउडमा प्रवेश गरी आफ्नो अभिनय यात्रा सुरु गरेका थिए। उनको अभिनय शैली, साहसिक दृश्यहरूमा निर्भीक प्रदर्शन र हास्य शैलीले उनलाई बलिउडका चर्चित अभिनेता बनाएको हो।
उनले हेमा मालिनीसँग विवाह गरेका थिए र उनका तीन छोराछोरी छन्, जसमा सनी देओल र बबी देओल पनि बलिउडमा सक्रिय र निकै चर्चित छन।
उनको योगदानले भारतीय चलचित्र उद्योगमा दीर्घकालीन प्रभाव पारेको मानिन्छ र उनलाई बलिउडमा एक “स्टार” र “नेतृत्वशाली अभिनेता”को रुपमा स्मरण गरिन्छ।