३०४औ पृथ्वी जयन्ती हङकङमा भव्यताका साथ सम्पन्न


IMG 5940

नारायण भण्डारी हङकङ २९ पुष २०८२

राष्ट्रिय प्रजातन्त्र पाटिको भातृसंगठन प्रवासी नेपाली एकता समाजले विगतका वर्षहरुमा झै यो वर्ष पनि ३०४ औ पृथ्वीजयन्ति एवं राष्ट्रिय एकता दिवस समाजका अध्यक्ष तुलसी उप्रेतीको अध्यक्षता, वरिष्ठ सल्लाहकार प्रकाश पुनको प्रमुख आतित्थ्यका साथै नेपाली जनसंपर्क समितिका अध्यक्ष सैलेन्द्र सिं बोगटि को विशेष आतित्थ्यतामा हङकङको जोर्डनमा रहेको याक एक यति रेष्टुरेण्ट एण्ड वारको हलमा समाजका मिडिया संयोजक एवं G NEWS का संस्कथापक नारायण भण्डारूले सञ्चालन गरेका थिए।

३०४औ पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस प्रवासी नेपाली एकता समाज हङकङले हरेक वर्ष झै यो वर्षपनि कार्यक्रमको आयोजना गरेको थियो विगतका वर्षदेखी यश किसिमका राष्ट्रिय कार्यक्रम कुनैपनि राजनैतिक दलका भातृसंगठनले नगररेर हङकङमा रहेका संघ संस्थाहरुले गर्नुपर्ने भन्दै प्रमुख अतिथी पुनले कटाक्ष गर्नुभएको थियो यसैगरी कार्यक्रममा मन्तव्य राख्दै हङकङ नेपाली माहासंघका पूर्व अध्यक्ष टंक रानाले पनि आफुले पृथ्वी नारायण शाहको योगदान बल्ल अन्तरहृदयबाटै बुझेकोले आगामी वर्षदेखी हङकङमा रहेका संघ संस्थाहरुको काम बिबिक्यू खाने र खदा लगाउने मात्र नभएर यश किसिमका राष्ट्रिय कार्यक्रहरुको सके आयोजना गर्ने नत्र भने हातेमालो गर्नुपर्नेमा जोड दिनुभयो यशरीनै कार्यक्रममा बोल्दै समाजका संस्थापक अध्यक्ष ईश्वर विक्रम शाहले आगामी वर्षदेखी संघ संस्थाहरुलाई जोडेर यस्ताखाले कार्यक्रम गर्नको लागि आफु लागिपर्ने कुरा बताउनुभयो।

पानसमा पत्तिवालेर राष्ट्रिय गान संगै सुरु भएको कार्यक्रममा स्वागत मन्तव्य राख्नेमा समाजका संस्थापक अध्यक्ष ईश्वर विक्रम शाह, मन्तव्य राख्नेहरुमा नेपाली जनसंपर्क समितीका अध्यक्ष सैलेन्द्र सिं बोगटी, हङकङ नेपाली माहासंका पूर्व अध्यक्ष टंक राना, यूवाको तर्फवाट फिने हङकङका प्रेसिडेण्ट सोयना ढकाल प्रमुख अतिथी प्रकाश पुर र कवि तथा ओभरेसिज नेपाली वर्कर्स एसोसिएसनका अध्यक्ष पूर्णिमा जि शीहले पृथ्वी नारायण शाह सम्वन्धी कविता सुनाउनु भएको थियो।

यसैगरी कार्यक्रममा उपस्थित अतिथीहरुमा

नेपाली जनसंपर्क समितीका अध्यक्ष बशन्त राई

तमु पेल्हु संघका अध्यक्ष मन बहादुर गुरुङ

नेपाली जन संपर्क यमिती हङकङका निवर्तमान अध्यक्ष मीन गुरुङ

हङकङ क्षेत्री समाजका संरक्षक पुरन खड्का

नेपाली मुस्लीम आयोगका अध्यक्ष ताहिर खान

हिन्सका अध्यक्ष विनय शाह

नेत्रज्योती संघ हङकङका वरिष्ठ सल्लाहकार देव गुरुङ

नेपाल चेम्वर्स अफ हङकङका निवर्तमान अध्यक्ष डासुराम पराजुली

हङकङ नेपाली माहासंघका पूर्व अध्यक्ष टंक राना

विश्वकर्मा समाज हङकङका अध्यक्ष रामचन्द्र विश्वकर्मा

ओभर्सिज नेपासी वर्कर्स एसोसिएसनका अध्यक्ष पूर्णिमा जि शाह

सहारा क्लव हङकङका अध्यक्ष सरोज गुरुङ

हङकङ साहित्यिक साझ श्रृंखलका संस्थापक संरक्षक चन्द्र मादेन आन्छन

हिन्सका निवर्तमान अध्यक्ष सिताराम ढुंगाना

तमु समाज हङकङका अध्यक्ष नरेन्द्र गुरुङ

तमु समाज हङकङका निवर्तमान अध्यक्ष कोमल गुरुङ स्याङजाली कान्छा

द नेपाली एसोसिएसनका अध्यक्ष प्रदिप थापा

प्रयटन व्यवसायी एवं राष्ट्रवादि गोविन्द गुरुङ

समाजसेवी नर बहादुर गुरुङ

समाजसेवी लाल वहादुर गुरुङ

यसैगरी हङकङमा लामो समयदेखी व्यापार व्यवसाय एवं सामाजसेवा गरीरहनु भएका निम्न व्याक्तित्वहरुको पनि उपस्थीती रहेको थियो

बेद खड्का, डिके दाहाल, सुरेन्द्र ढकाल, पेरविन राई सुनिल श्रेष्ठ, धर्म गुरुङ लगायतका विभिन्न संघ संस्थाका प्रतिनिधीहरुको पनि बाक्लो उपस्थिती रहेको थियो बिगहानको खानाबाट सुरु भएको कार्यक्रम माथीका विविध कार्यक्रम संगै अन्त्यमा सामुहिक तस्विर र सभाका सभापति एवं समाजका अध्यक्षक मन्तव्य संगै कार्यक्रमको समापन भएको थियो। कार्यक्रममा मिडियाको तर्फबाट HK Nepal.com का पत्रकार जगत अम्वु गुरुङले मिडियाको काम सम्हाल्नु भएको थियो।

यस कार्क्रमका भिडियोहरुक लागि फेसवुकपेज G NEWS मा हेर्न सक्नुहुनेछ।

https://www.facebook.com/share/1AJ3KgJ3iR/?mibextid=wwXIfr


Translate »