त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक ७ घण्टा बन्द हुने


नारायण भण्डारी ८ बैशाख २०८३

पूर्वाधार निर्माणलाई थप गति दिनको लागि आगामी जेठ ४ गतेसम्म त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल दैनिक ७ घण्टा बन्द हुने भएको छ ।

विमानस्थलको टर्मिनल व्यवस्थापन महाशाखा प्रमुख इन्दुराज अधिकारीका अनुसार ‘पेभमेन्ट कन्स्ट्रक्सन वर्क’ कार्यका लागि राति ११ः४५ देखि बिहान ६ः३० बजेसम्म विमानस्थलको सम्पूर्ण कार्य उडान तथा अवतरण बन्द हुनेछ ।

विमानस्थलको धावनमार्गको छेउमा रहेको ट्याक्सीवे निर्माण जारी छ । सुरक्षाका दृष्टिकोणले पनि रातको समयमा विमानस्थल पूर्ण रूपमा बन्द गरिन लागिएको हो ।

निर्माणलाई गति दिन विमानस्थल बन्द गरिने विमानस्थल कार्यालयद्वारा जारी सूचनामा जानकारी गराईएको छ ।

सूचनाअनुसार विमानस्थल बन्द हुँदा त्यसबाट पर्न जाने असरलाई न्यूनीकरण गर्न आवश्यकताअनुसार उडान तथा अवतरणको कार्यतालिका निर्धारण गर्न हवाई सेवा प्रदायकलाई विमानस्थल कार्यालयले आग्रह गरेको छ र यसरी समन्वय गरेर गरिने निर्माण कार्यले गर्दा सेवा प्रदायक कम्पनिहरु सॅगको सम्वन्धमा पनि असर पर्दै ।


Translate »