News Desk २६ जेष्ठ २०८३
बालेन सरकारको कडा निगरानीपछि त्रिभुवन अन्तर्राष्ट्रिय एयरपोर्ट वाट ‘सेटिङको जालो’ पर्दाफास भएको छ। प्राप्त समाचार अनुसार NOC बिना नक्कली बोर्डिङ पास बनाएर दुबई पठाउने ध न्दा, नेपाल एयरलाइन्सका २ कर्मचारी पक्राउ परेका छन।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भारतको टिकट लिएका एक भारतीय नागरिकलाई भारत र दुबईका लागि छुट्टाछुट्टै बोर्डिङ पास बनाई NOC बिना नै दुबई पठाउन सहयोग गरेका नेपाल एयरलाइन्सका दुई कर्मचारी पक्राउ परेका छ्न।उनीहरूले लामो समयदेखी सुरक्षा प्रक्रिया नै छल्दै ‘सेटिङ’ मिलाएर यात्रु विदेश पठाउने गरेको हुन सक्ने आशंका गरिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ र वाकि समाचार अनुसन्धान पछि प्राप्त हुनेछ।