
नारायण भण्डारी १५ मार्च २०२२
हङकङमा बिशेष गरी अस्तिदेखीका दिनहरूमा हङकङको तापक्रम बढ्दै गएपछि, धेरै बासिन्दाहरू महामारी विरोधी नियमहरूको स्पष्ट उल्लङ्घन गर्दै मास्क बिना समुद्र तटहरूमा चिसो पानीमा रमाउनको लागि ओइरिरहेका छन।
हङकङमा कोरोनाले एकातर्योफ थला पारेको छ भने अब लगत्तै बढ्दै गैरहेको गर्मिको कारणले मानिसहरु समुन्द्रको तटमा गएर समय व्यतित गर्नेहुदा र त्यसरी बिचतिर बरालिदा होस वा पानीमा पौडिखेल्दा होस मानिसहरुले माक्सको प्रयोग पनी नगर्ने र सामाजिक दुरीको पनी प्रबाह नगर्ने हुनाले LCSD ले आउदो बिहीबार १७ तारिकबाट सबै समुद्र तटहरू सिल गर्ने छ।
हिजोसम्म, मेनल्याण्ड नेटिजन्सहरूले हङकङमा कोभिड-१९ को अवस्था गम्भीर भए पनि समुद्र तटमा गएर हाइकिङ गतिविधिमा संलग्न भएकोमा हङकङका स्थानीय बासिन्दाहरूलाई समेत गाली गरेका थिए।
होसियार हुनुहोला हङकङमा माक्स मात्रै नलगाउदा पनी हङकङ डलर ५,०००को चिट काट्छ अझ समुन्द्रिक तटमा गएर सामाजिक दुरी पनी ख्याल नगरी माकेस नलगाउदा कोरोना फैलिनुको साथै जरिवाना पनी तिर्नुपर्नेहुनाले सबैजना सचेत हुनैपर्छ।