नारायण भण्डारी – २० चैत्र २०८२
नेपालमा भर्खरै बनेको प्रधानमन्त्री वालेन सरकारले शिक्षक दरबन्दी मिलान गर्ने भएको छ। विद्यार्थी सङ्ख्याको आधारमा शिक्षक दरबन्दी जिल्लागत रुपमा मिलान गर्ने छ। विद्यालयमा शिक्षक सङ्ख्या बढी भएका विद्यालयबाट कम शिक्षक भएको विद्यालयमा पठाउने छ। विशेषगरी काठमाडौ उपत्यका तथा तराईका जिल्लाहरुमा शिक्षक दरबन्दी बढी छन। पावरका भरमा काजमा आएका र दरबन्दी बढी भएका शिक्षक अन्य जिल्लामा जानेछ्न।
विशेषगरी कर्णाली जिल्लाहरुका विद्यालयमा हाल चलिरहेको SEE परीक्षामा विद्यार्थीले गणित र बिज्ञान विषय नपढी परीक्षा दिइरहेका छन। यो विषयमा प्रधानमन्त्री बालेनले चासोको रुपमा हेरेका छन।
प्रधानमन्त्री ज्युले नयाँ शैक्षिक सत्रबाट सबै विद्यार्थीले सिक्न पाउनुपर्ने र त्यसका लागि सरकारले वातावरण निर्माण र शिक्षकको सुनिश्चितता गर्नेछ।
शिक्षक दरबन्दी मिलान गर्ने कार्य स्थानिय सरकारको भएतापनि जिल्लागत रुपमा स्थानिय तहले नसक्ने भएकोले मन्त्रालय यस विषयमा गर्नेछ।
त्यहि उद्देश्यका साथ मन्त्रालय प्रत्येक विद्यालयबाट शिक्षक सङ्ख्या र अघिल्लो वर्षको विद्यार्थीको सङ्ख्या इमिस मार्फत मागेका हौं।
श्रोत : शिक्षा मन्त्रालयका सचिव चुडामणि पौडेल ।