पाल्पामा ट्याक्टरले जोत्ने क्रममा चालकको मृत्यु


नारायण भण्डारी २३ चैत्र २०८२
पाल्पाको रामपर-३, गैलुकमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रामपुर-४ बाङ्गेपसल बस्ने ५२ वर्षीय टेक बहादुर आले रहनुभएको बुझिएको छ ।
मकै छर्नका लागि जोत्ने क्रममा विहान साढे १० बजेको समयमा ट्याक्टर दुरघटनामा परेको थियो । इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक लाल बहादुर सुनारका अनुसार सोही ट्याक्टरमा च्यापिएर उहाँको घटनास्थल मै मृत्यु भएको पुष्टि गरेका छन । जोत्ने क्रममा ट्याक्टर अनियन्त्रित भइ पल्टिएर दुर्घटना भएको प्रहरी निरिक्षक सुनारले बताउनुभयो ।


Translate »