हङकङ अन्तर्राष्ट्रिय विमानिस्थलको टर्मिनल–२ सञ्चालनमा


IMG 9447

GNEWS reporter 28 May 2026 Hong Kong

हङकङ अन्तर्राष्ट्रिय विमानस्थलको विस्तारित टर्मिनल–२ (T2) मे २७, २०२६ देखि आधिकारिक रूपमा सञ्चालनमा आएको छ। HK$12.9 अर्ब लागतमा निर्माण गरिएको नयाँ स्मार्ट टर्मिनलमा स्वचालित चेक–इन, फेसियल रिकग्निसन सुरक्षा प्रणाली तथा फास्ट–ट्र्याक सेवा उपलब्ध छन्।

अब Hong Kong Airlines, AirAsia, Greater Bay Airlines, Cebu Pacific र HK Express लगायत १५ क्षेत्रीय तथा लो–कस्ट एयरलाइन्स क्रमिक रूपमा Terminal 1 बाट Terminal 2 मा सर्ने भएका छन्।

यात्रुहरूले चेक–इन, ब्याग ड्रप र इमिग्रेसन प्रक्रिया T2 बाट पूरा गर्नुपर्नेछ भने बोर्डिङका लागि APM ट्रेनमार्फत Terminal 1 पुग्नुपर्नेछ।

नयाँ टर्मिनलमा ५८ स्मार्ट चेक–इन कियोस्क, ६८ सेल्फ ब्याग ड्रप काउन्टर, २० e-Security गेट र १५ स्मार्ट सुरक्षा च्यानल जडान गरिएको छ। साथै Airport Express, बस सेवा र १,००० भन्दा बढी पार्किङ सुविधा पनि उपलब्ध गरिएको विमानस्थलले जनाएको छ।


Translate »