हङकङमा लाहुरेनी सौन्दर्यको लोकार्पण तथा परिचर्चा


IMG 8607

नारायण भण्डारी २४ चैत्र २०८२ हङकङ

हङकङमा रातो नदिको चर्चा परिचर्चा सेलाउन नपाउदै हङकङ साहित्यिक साझा श्रृंखलाकी संयोजक जुनु रानाकृत दोस्रो कोसेली लाहुरेनी सौन्दर्यले फेरी बजार र नेपाली साहित्यअनुरागी माझमा पूनः बहस गराउने आशावादि हङकङेली नेपालीहरुले अडकलवाजी गरीसकेका छन। लेखिका आफैमा रुपवती छन भने उनको सामाजिक बिकृती र बिसंगती विरुद्ध कडारुपमा प्रहार गर्ने निडर सासिक लेखिका हुन।

हङकङको मुटु जोर्डनमा भर्खरै संचालनमा आएको भव्य पार्टिहलसहितको एभरेष्ट रेष्टुरेण्ट एवं वारकोहलमा ६ एप्रिल २०२६ (२३ चैत्र २०८२) मा आयोजना गरीएको  लाहुरेनी सौन्दर्य लोकार्पर्ण र परिचर्चा कार्यक्रमको अध्यक्षता स्वयं लेखिकाले गरेकी थिईन भने प्रमुख अतिथीमा हङकङमा नेपाली समुदायवाट पहिलो डिष्ट्रिक काउन्सीलर वनेकी श्रीमती अरुणा गुरुङ रहेकी थिईन यसैगरी कार्यक्रमको संचालन श्रृंखलाका सह-संयोजक रोशन याक्सोले गरेका थिए भने यश कार्यक्रमको आयोजना हङकङ साहित्यिक साझा श्रृंखलाले नै गरेको थियो ।

यसैगरी कार्यक्रममा हङकङमा रहेका प्रमुख संघ संस्थाहरुलाई आमन्तरण गरीएको थियो जसमा NRNA HONG KONG कि अध्यक्ष श्रीमती अनु राई, हङकङ नेपाली माहैसंघका अध्यक्ष नविन सुहाङ, देवेन्द्र कार्की पत्रकार व्लाष्ट टाईम (धरान नेपाल), रीता गुरुङ निवर्तमान अध्यक्ष हङकङ नेपाली माहासंघ, राज कुमार राई र टंक संवाहम्फे संरक्षक हङकङ साहित्यिक साझा श्रृंखला, किन्दर राई उपकुलपति किराई राई प्रज्ञा प्रतिष्ठान हङकङ लगायतका विभिन्न संघ संस्थाका प्रतिनिधीहरु, समाजसेवीहरु, पत्रकारहरु, साहित्यकार र साहित्यअनुरागि व्याक्तित्वहरुको  वाक्लो उपस्थिती रहेको थियो।

कार्यक्रम बिहानको खानाबाट सुरु भएको थियो र कार्यक्रममा स्वागत मन्तव्य श्रृंखलाकी संरक्षक पूर्णिमा जि शाहको थियो भने मन्तव्य र शुभकामना दिनेहरुमा किन्दर राई, रीता गुरुङ, नविन सुहाङ लगायतका व्याक्तित्वहरुले राखेका थिए।  यसैगरी लोकार्पण गरीएको कृतीमाथी समिक्षकहरुमा, राजकुमार राई, डा. टिका राना, जानुका काम्वाहाङ र डा. चुरा थापाले गरेका थिए।

उक्त पुस्तकभित्र ३४ वटा फरक फरक विधाका रचनाहरु रहेका छन जसमध्येको एउटा लाहुरेनी सौन्दर्य वाटै यश कृतीको नामांकरण गरीएको कुरा स्वयं लेखिकाले बताएकी छन।  हाम्रो तर्फबाट सर्जकका दुबैकृती रातो नदि र लाहुरेनी सौन्दर्यको सफलता र पाठकको प्रिय बनोस शुभकामना 💐


Translate »