गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार सवारी दुर्घटना


GNEWS –

गुल्मी, रेसुङ्गा नगरपालिका–४ अर्खलेमा गुल्मी क्षेत्र नं. १ का सांसद सागर ढकाल सवार सवारी साधन दुर्घटनामा परेको छ।
प्रारम्भिक जानकारी अनुसार दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन। सवारीमा सवार सबै जना सुरक्षित रहेको बताइएको छ।
घटनाको थप विवरण संकलन भइरहेको छ। दुर्घटनाको कारण र क्षतिको अवस्थाबारे विस्तृत जानकारी आउन बाँकी रहेको छ।


Translate »