प्रवासी नेपाली एकता समाजले पृथ्वी जयन्तीलाई राष्ट्रिय दिवसको रुपमा मनाउन सबैलाई आग्रह


2a08db55 22af 4c1e a751 0b0a566145e9

नारायण भण्डारी हङकङ २३ कार्तिक २०८२

प्रवासी नेपाली एकता समाजको हालै बसेको बैठकले नेपालका राष्ट्रनिर्माता श्री ५ वडामाहाराजधिराज पृथ्वीनारायण शाहको जन्मजयन्ती हङकङमा रहेका सबै संघ संस्थाहरुले साझा राष्ट्रिय दिवसको रुपमा आयोजना गर्नको लागि सबै संघसंस्थाहरुलाई आग्रह गरेको छ।

समाजका अध्यक्ष श्री तुलसी उप्रेतीको सभापतित्वमा बसेको बैठकमा एसिया प्यासिफिकका संयोजक श्री लक्ष्मी खापुग समाजका उपाध्यक्ष जगत गुरुङ, उत्तम थामसुहाङ र बिष्णु भुषाल, निवर्तमान अध्यक्ष ईश्वर विक्रम शाह, सल्लाहकार मन वहादुर गुरुङ, सदस्य पदम कुमार थापा, सचिव प्रविन कार्कीले कार्यक्रमको संचालन गर्नभएको थियो,  र संचार विभाग प्रमुख नारायण भण्डारीको पनि उपस्थिति रहेको थियो। सबैको सल्लाहमा हङकङमा रहेका नेपालीहरुको संघ संस्थाहरुले यश पृथ्वी नारायण शाहको जन्म जयन्तिलाई प्रवासी नेपाली एकता समाजले मात्र नभएर अन्या संस्थाहरुले पनि आयोजना गर्नुपर्ने र गर्न चाहेमा प्रवासी नेपाली एकता समाजले हातमा हात र काधमा काध मिलाएर अगाडि बढ्ने प्रतिबद्धता व्याक्त गरेका हुन।स्मरण रहोस पृथ्वी जयन्ती पौष महिनाको २७ गते पर्दछ।

 


Translate »