
‘प्राविधिक समस्या देखिएपछि शनिबार साँझ साढे ५ बजेदेखि विमानस्थलबाट हुने उडान तथा अवतरण बन्द गरिएको छ। ‘समस्या समाधानको प्रयास भइरहेको छ, अबको केहीबेरमा विमानस्थलबाट नियमित उडान गर्नेगरी काम भइरहेको छ ।’
उनका अनुसार अहिले आन्तरिक र अन्तर्राष्ट्रिय दुवै तर्फका उडानहरू प्रभावित बनेका छन् ।
प्रवक्ता शेर्पाका अनुसार अन्तर्राष्ट्रिय उडानका जहाजहरूलाई होल्ड गराइएको छ भने आन्तरिक उडानका जहाजहरू विमानस्थलमै रोकिएका छन्।